काठमाडौं । सोनम कपूरको प्रीतिभोज समारोहमा सलमान खानले अर्जुन कपूरलाई पूरै बेवास्ता गरेका छन्। अर्जुनले सलमानसँग कुरा गर्न धेरैचोटि कोशिश गरेको भएपनि सलमानले उनलाई प्रत्येकपटक बेवास्ता गरे।
कुनै समयमा सलमान र अर्जुनको सम्बन्ध राम्रो थियो । सलमानले नै अर्जुनलाई करीयर र फिटनेससम्बन्धी सल्लाह दिने गर्थे।
तर अर्जुन सलमानकी पूर्वबुहारी मलाइका अरोरा खानसँग नजिकिएपछि दुवैको सम्बन्धमा तिक्तता आयो। यसबारेमा दुवैले मिडियामा खुलेर कुरा नगरेको भएपनि बलिउडमा यसको हल्ला खुबै चल्यो।
सलमान खान जोधपुरमा कृष्णसार मुद्दाको सुनुवाइपछि सीधै सोनम कपूरको प्रीतिभोजमा पुगेका थिए। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
