काठमाडौं । पोल्यान्डको पश्चिमी भागमा बुधवार बिहान तरल चकलेट बोकेको एक ट्रक पल्टिँदा ट्राफिक जाम भएको छ।
तरल चकलेट बोकेको उक्त ट्रक राजमार्गको एक ब्यारियरमा ठोक्किएको स्थानीय टीभी टीभीएन २४ ले जनायो । ट्रकचालकलाई भाँच्चिएको हातसहित अस्पताल पु–याइएको टीभीएन२४ ले जानकारी दियो।
टनका टन तरल दूध चकलेट राजमार्गमा पोखिएको थियो। राजमार्गका दुवैतिर चकलेट चुहिएको थियो भने अन्य वाहन त्यो बाटोबाट गुड्दा एक माइलसम्म चकलेटको छाप परेको थियो । पछि अधिकारीहरूले राजमार्ग बन्द गरिदिएका थिए।
तरल चकलेट चुहिएपछि सेलाएर ठोस बनेको थियो अनि च्यापच्यापे बनेको थियो । उद्धारकर्ताहरूले सडकमा तातोपानीको फोहरा फ्याँकेर सफा गर्नुपर्ने भएको छ।
चकलेट चुहिएपछि ट्राफिक जाम भएको थियो। दुवै दिशातर्फ गाडीहरू रोकिएका थिए । चालकहरूलाई अन्य सडकतर्फ मोडिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
