बुवा–छोरा बने नासा वैज्ञानिक, ठगे २ करोड ३६ लाख

चाँदीको रङ जस्तो कपडाको सूट लगाएका, अन्तरिक्षयात्रीजस्ता हेलमेट लगाएको यो जोडी बुवा–छोराको जोडी हो।

यीमाथि १ करोड ४६ लाख भारु अर्थात २ करोड ३६ लाख नेपाली रुपैयाँ ठगीको आरोप छ।

Advertisement

तर सबैभन्दा रोचक कुरा के छ भने ठगी गर्नका लागि उनीहरुले आफूलाई नासाका वैज्ञानिक बताए।

योभन्दा अचम्मको कुरा त जसलाई उनीहरुले ठगे उनीहरुसँग अंग्रेजी नबोली, कुनै वैज्ञानिक फर्मूला नभनी, हज्जारको सामानलाई करोडमा बेचे।

यो घटना भारतको राजधानी दिल्लीको हो।

के थियो सम्झौता ?

बुवा–छोराको यो जोडी दिल्लीको पश्चिम विहारमा बस्थे।

बुवा विरेन्द्र मोहन र छोरा नितिन ९० को दशकमा मोटर वर्कशपको व्यापार गर्दथे।

दिल्ली पुलिसको क्राइम ब्रान्चका डिएसपी भिष्म सिंहका अनुसार बुवा छोराले एक कपडा व्यापारीलाई नासामा प्रयोग हुने राइस पुलर नामको एक मेटल डिभाइस बेच्ने सम्झौता गरे।

राइस पुलर एक प्रकारको धातु हो जसले चामलजस्ता साना कणलाई समेत आफूतर्फ आकर्षित गर्ने क्षमता राख्छ।

ती बुवा छोराले पीडित कारोबारीलाई राइस पुलरको चुम्बकीय शक्तिका कारण नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन सेन्टर अर्थात् नासामा निकै माग भउको जसका यसको कारोबारले व्यापारीलाई हज्जारौं करोडको फाइदा हुने भनी झुक्याउन सफल भए।

पुलिसका अनुसार पूरा सम्झौता ३ हजार ७ सय ५० करोड भारुको थियो । यसका लागि बुवा छोराले मिलेर ती व्यापारीसँग किस्तामा वैज्ञानिक, केमिकल, ल्याब, कपडाको नाममा १ करोड ४३ लाख भारु लुटे।

यो घटना सन् २०१५ को थियो। दुबै पक्षको लेनदेन करिब चार पाँच महिना चल्यो।

पीडित व्यवसायीले बीबीसीसँग आफ्नो पहिचान लुकाउने शर्तमा बुवा छोराले आफ्नो नक्कली वेबसाइटसमेत बनाएको बताए।

ती कारोबारी दिल्लीकै मयूर विहार इलाकामा बस्छन् । उनका कपडा निर्यातको व्यवसाय छ। उनका अनुसार बुवा छोराले बनाएको वेबसाइट हेरेपछि उनलाई विश्वास भयो कि यी दुबै वैज्ञानिक हुन्।

पैसाको भुक्तानीः

दुबै पक्षबीच एक सम्झौता भएको थियो । सम्झौताका अनुसार एस्ट्रोनट सूट र अनुसन्धानसँग सम्बन्धित सामानलाई खरिद गर्न पैसाको आवश्यकता हुनेछन् जो निकै महँगा हुन्छन् । साथै अनुसन्धान पूरा गर्नका लागि एक भिन्न ल्याब र केमिकलको आवश्यकता पर्नेछ।

बुवा छोराले यसको पूरा खर्च व्यवसायीले तिर्नुपर्ने बताए। व्यवसायीले यो कुरा स्विकार गरे । यसका लागि बैंक अकाउन्ट नम्बर पनि दिइयो । ती व्यापारीले एक पटक अनलाइनमार्फत पैसा ट्रान्सफर गरे तर धेरैजसो पैसा अकाउन्टमा जम्मा गराए।

यद्यपी, पाँच महिना पछि नै ती व्यवसायीलाई आफू ठगिएको महसुस भयो । त्यसपछि उनले बुवा छोरासँग पैसा फिर्ता माग्न सुुरु गरे । व्यवसायीका अनुसार सुरुवातमा बुवा छोराले एक दुई पटक आनाकानी गरे । तर केही दिनपछि पैसा फिर्ता गर्नका लागि केही दिनको माग गरे।

यस्ता थुप्रै वर्ष बिते तर त्यसपछि धम्की दिन सुरु गरे।

त्यसपछि ती व्यवसायीले पुलिसको मद्दत मागे।

उनले दिल्ली पुलिसमा गत अप्रिलमा उजुरी दिए। त्यसपछि पुलिसले अनुसन्धान थाल्यो र दुबै बुवा छोरालाई रंगेहात पक्राउ गरे।

पुलिसका अनुसार ती बुवा छोरासँग थुप्रै सिमकार्ड, ल्यापटप र एस्ट्रोनटका लुगा भेटिए ।

कपडाबारे जब पुलिसले बुवा छोरालाई सोधपुछ गरे तब उनीहरुले दिल्लीको चाँदनी चोकबाट अन्तरिक्षयात्रीको ड्रेस किनेको बताए ।

आरोपीको इतिहासः

चाँडै नै धनी बन्ने चक्करमा यी दुईको भेट एक यस्ता व्यक्तिसँग भयो जसले एक साधारण ऐनालाई म्याजिकल बताएर उनीहरुसँग लाखौं रकम असुले ।

उक्त घटनाबाट पाठ सिकेर बुवा छोराले अन्य व्यक्तिसँग यही तरिका अपनाउन सुरु गरे ।

सरोज सिंह/ बीबीसी

More News last news
Loading...