साप्ताहिक राशिफल : बैशाख १४ देखि २० गतेसम्म, हेर्नुहोस् …

रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
आम्दानी हुने व्यवसायमा लगानी गर्न उत्सुकता तथा तत्परता देखा पर्नेछ। प्रेमी–प्रेमिकाको भावनाअनुरूप चल्न सके थप फाइदा हुनेछ । आर्थिक पक्ष सबल हुँदै भौतिक सुखका साधन जुट्नेछन्। पहेंलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । बुद्धिको प्रयोग गर्दै प्रतिष्ठा जोगाउनुपर्नेछ।

Advertisement

वृष

पराक्रम बढ्नुका साथै सोचेजस्तो सफलता पाइनेछ। विभिन्न खालका प्रतिस्पर्धामा सहभागी भै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । पदीय जिम्मेवारीले थप मेहनत तथा समयको अपेक्षा गरेको छ। स्वास्थ्यको ख्याल राख्नुहोला। साताको अन्त्यमा नयाँ–नयाँ स्थानको भ्रमण गर्न सकिनेछ।

मिथुन

नयाँ अवसर प्राप्त हुनेछ । समयले थप प्रयासको अपेक्षा राखेको छ। स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्। खराब व्यक्तिहरूबाट टाढै रहनुहोला । गरिब तथा अशक्तहरूलाई सहयोग गर्न मन उत्साहित हुनेछ। साताको अन्त्यमा पारिवारिक वातावरण मनोरञ्जक रहनेछ।

कर्कट

झन्झटिला कार्य आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्‍याउनेछ । कठोर मेहनत गरे सार्थक उपलब्धि हात पार्न सकिनेछ । प्रेमी–प्रेमिकाले झूटो आश्वासनमा पर्दा क्षति बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय व्यतीत हुनेछ ।

सिंह

भाग्यले साथ दिनेछ भने मान–सम्मान तथा आर्थिक उपलब्धि हात पर्ने सम्भावना पनि छ । कुरा काट्नेहरूले विवादमा तान्ने प्रयत्न गर्न सक्छन् । मंगलबारपछि काम बन्ने योग छ । निर्णय शक्ति बलियो बनाई कार्य प्रारम्भ गर्दा परिवारका सदस्यहरूको समर्थन रहनेछ ।

कन्या

समकक्षीहरूको सुझाव अनुसरण गर्दा विशेष फाइदा हुनेछ । सामाजिक काममा सहभागी हुँदा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । सामान्य स्वास्थ्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउन सकिनेछ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।

तुला

उच्च शिक्षाका लागि रोजेको विषयले सही बाटो देखाउनेछ । नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सामान्य खटपट भए पनि व्यवसायिक क्षेत्रमा गरिएको निर्णयलाई परिवारले अनुमोदन गर्नेछन् । साताको अन्त्यमा मानसिक तनाव सिर्जना हुन सक्छ

वृश्चिक

अथक प्रयासले काममा अपेक्षित सफलता हात पर्न सकिनेछ । आत्मीय मित्र मानेर कुराकानी गर्दा गोपनीयताप्रति सचेत रहनुपर्नेछ । सोमबारपछिका दिनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । सहकर्मीसँगको वैचारिक मतभिन्नतामा आफन्तहरूको सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा परे पनि जटिलताहरू क्रमश: कम भएर जानेछन् ।

धनु

प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । पारिवारिक वातावरणकै कारण स्वास्थ्य गडबड हुन सक्छ । सञ्चित धन गरगहनाको खरिदमा खर्च हुनेछ । साथीहरूसँग मनोरञ्जन तथा यात्रा गर्ने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त होला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुमै तपाईंको हित छ ।

मकर

मान्यनजनको सुझाव आत्मसात् गर्दा जीवनले सकारात्मक ऊर्जा प्राप्त गर्नेछ । आर्थिक क्षेत्रमा गरिएका प्रयत्नले लक्ष्यमा पुग्ने बाटो देखाउनेछ । भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । नयाँ मित्रताले नयाँ प्रेम अंकुरित गराउन सक्छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरूसँग सचेत रहनुहोला ।

कुम्भ

खलबलिँदो पारिवारिक वातावरणबाट मुक्ति पाइनेछ । मन मिल्ने साथीको सुझावमा मात्र भर पर्दा पछि परिएला । चुरो कुरा पत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्ने अनुकूल समय छ । नाटकीय प्रेम गरी झुक्याउनेहरूसँग सचेत रहनुहोला । भगवान् शिवको आराधनाले मानसिक तनाव कम गर्नेछ ।

मीन

सभा समारोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ, जसमा फजुल खर्चसमेत हुने देखिन्छ । प्रेमिकासँग अनावश्यक वादविवाद हुन सक्छ । कामलाई बेवास्ता गर्दा विभिन्न समस्या आइलाग्न सक्छ ।

 

http://bit.ly/2JtwpKu

More News last news
Loading...