उत्तर कोरियाबारे चीनले गर्यो यस्तो खुलासा

उत्तर कोरियाको मुख्य आणविक केन्द्रमाथिको पहाड भत्किएको समाचारहरु सार्वजनिक भएका छन्।

विष्फोटको असरले पहाड भत्किएको दाबी अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले गरेका छन्।

Advertisement

जसका कारण त्यहाँ थप परीक्षण गर्न असुरक्षित हुनुका साथै उक्त दुर्घटनामा परमाणु विकिरण चुहिएको हुन सक्ने तथ्यहरु बाहिर आएका छन्।

चीनको युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको अध्ययनले यो कुरा पत्ता लगाएको हो।

यो कुरा सार्बजनिक भएपछि उत्तर कोरियाली राष्ट्रपतिले हालसालै आफ्नो देशको आणविक परीक्षण कार्यक्रम रोक्ने घोषणा गरेको अनुमान गरिएको छ।

उत्तर कोरियाली आणविक परीक्षणले गत सेप्टेम्बरमा चीनका सिमाना नजिक रहेका शहरहरुमा भूकम्पीय धक्का महसुस गरिएको थियो। यसका कारणले स्कूल र कार्यालयहरु बिदा दिइएको थियो।

More News last news
Loading...