‘इयरफोन’ ले लियो १३ विद्यार्थीको ज्यान

भारतको उत्तर प्रदेशको कुशीनगर रेल र स्कुल भ्यान एक आपसका ठोक्किँदा १३ जना विद्यार्थीको ज्यान गएको छ। आठ जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

मानवरहित रेल्वे क्रसिङ पार गर्ने क्रममा बसका चालकले रेलको आवाज नसुनेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

दुर्घटनास्थल पुगेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चालको गम्भीर लापरवाहीले गर्दा दुर्घटना भएको बताएका छन् । चालकले गाडी चलाउँका कानमा इयरफोन लगाएको बताउँदै उनको उमेरलाई लिएर पनि अनेकौँ प्रश्न उठाइएको छ। मुख्यमन्त्री योगीले दोषीमाथि कडा कारवाही हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

घटनास्थलमा रहेका केही प्रत्यक्षदर्शीका अनुसार एक जना व्यक्तिले स्कुल भ्यानका रेल आइरहेको चेतावनी दिए पनि चालकले बेवास्ता गर्दा दुर्घटना हुन गएको बताएका छन् ।

भ्यानमा २५ जना विद्यार्थी रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार भ्यान र रेल ठोक्किएको आवाज पर-परसम्म सुनिएको थियो । दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई जनही दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन्।

उत्तर प्रदेशमा यसअघि पनि चालककै लापरवाहीले गर्दा यस्ता दुर्घटना भएका छन् । सन् २०१६ मा भदोहीमा स्कुल भ्यान र रेल ठोक्किँदा १० जना विद्यार्थीको ज्यान गएको थियो।

More News last news
Loading...