मोरङ । विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको १२ घण्टा नवित्दै राजमार्गमा फेरि अर्को बम फेला परेको छ।
सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नवित्दै मंगलबार बिहानै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दर हरैचाको गछियामा बम फेला परेको हो।
घटनास्थलमा सुरक्षाकर्मी परिचालित छन् । बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ।
नेपाली सेनाको थलाहा ब्यारेकबाट फुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ। राजमार्गको पुलमा बम राखिएपछि अहिले यो क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध पारिएको छ।
यसअघि भारतीय दूतावास सम्पर्क कार्यालयमा सोमबार साँझ बम विस्फोट भएको थियो। बम विस्फोट गर्ने मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विसिले जानकारी दिनुभयो । तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
