काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा आर्थिक सहायताको प्रतिबद्धता व्यक्त गरेका कतिपय दातृ निकाय पछिल्लो समय पन्छिन थालेका छन्।
भूकम्प गएको तीन वर्ष बित्नलाग्दा घोषित सहायता उपलब्ध गराउन त परै जावस, पछिल्लो समय त्यस्ता दातृ निकायहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलाएको बैठकमा समेत आउन छोडेका छन्।
प्राधिकरणले उपस्थित हुन पत्राचार गरे पनि पछिल्ला बैठकमा ती दातृ निकायका प्रतिनिधि उपस्थित नभएको जनाएको छ।
यसरी उपस्थित नहुने दातृ निकायमा साउदी अरेयिबा, नेदरल्याण्ड, नर्वे, स्विडेन, अस्ट्रेलिया, टर्की, अस्ट्रिया, पाकिस्तान, बंगलादेशलगायत छन् । २०७२ वैशाख १२ को भूकम्पलगत्तै सरकारले आयोजना गरेको दाता सम्मेलनमा ती निकाले घोषणा गरेको कुल रकम नौ खर्ब रुपैयाँ भन्दा बढी छ। – नागरिक दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
