पोखरा : नव वर्ष धार्मीक महोत्सव तथा पितृमोक्ष सुरु

कविराज खनाल
लेखनाथ २८ चैत । नेपाल रेडक्रस सोसाईटी शिसुवा उप साखा (पोखरा लेखनाथ वडा नं २९ र ३०­) ले बहुउद्धेस्यीय सामाजीक भवन निर्माणको सहयोगार्थ गर्न लागेको नव वर्ष धार्मीक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञ बुधवार देखि सुरु भएको छ ।

पृथ्वीराजमार्गको पावर हाउसमा चैत २८ देखि बैशाख ५ गते सम्म हुने महायज्ञको उद्घाटन गर्दै प्रदेश नं ४ का सासंद दिपक कोईरालले धार्र्मीक गतिविधीको माध्यमबाट विकास निर्माणको अभियानमा लाग्नु उदाहरणीय काम भएको र त्यसमा पनि रेडक्रस जस्तो पवित्र सस्थाले आयोजन गरेको महायज्ञलाई सफल पार्नु हामी सवैको कर्तब्य भएको धारणा राखेका थिए।

Advertisement

असल कामका लागि गरिने जुन सुकै काममा पनि सवैको साथ र सहयोग प्राप्त हुने भएकाले यस महायज्ञले उदेस्य अनुसार कै प्राप्त गरेरै छाड्नेमा जोड दिदै सासंद कोईरालले सामाजीक क्षेत्रमा गरिने जुन सुकै काम पनि विकासका सुचक भएको बिचार राखेका थिए ।

सोही अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्रेलले जहाँको जनता जागरुक हुन्छन् त्यो क्षेत्रको विकासमा सरकारको पनि ध्यान जाने भएकोले यस क्षेत्रमा विकासका लागि कुनै पनि कुनैपनि आस्था वा पुर्वाग्रह नराखि सहमती र सहकार्यको भावनले अगाडी वढ्न सवैलाई आग्रह गरेका थिए ।

महायज्ञका प्रमुख वाचक भागवत रसिक युवा गुरु ऋषिराम पौडेलले जाहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मन बचन र कर्मले गरिने काममा भावनात्वक रुपमा सवैको साथ र सहयोग मिल्ने भएकाले कर्म गर्न छोड्न नहुनेमा जोड दिएका थिए ।

महायज्ञ मुल आयोजक समितिका संयोजक विश्वमोहन पौडेलको अध्यक्षता भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की साखाका उप सभापति दण्डराज पौडेल,उप साखाका पुर्व सभापति डिल्लीराम पौडेल र सम्पुर्ण महिलाहरुको तर्फबाट पार्बती आचार्य लगाएतले आ आफनो धारणा राखेका थिए।

उप साखका सचिव दिपकराम ढेवाजुले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष विश्वराज लामिछानेले गरेका थिए ।

धार्मिक तथा अत्यामिक चिन्तन राष्ट्र शान्ति र समाज विकास भन्ने मुलनाराका साथ सात दिनसम्म चल्ने नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञमा करीव ६० लाख संकलन गरि १० लाख खर्च भई करीव ५० लाख रुपैया वचत हुने अपेच्क्षा गरिएको छ ।

महायज्ञमा भाववत रसिक युवा पण्डित ऋषिराम शास्त्रीेले दैनिक रुपमा संगीतमया धार्मीक प्रबचन दिने छने भने महायज्ञमा सामुहिक तुलादान, सामुहिक वर्तवन्ध, ग्रह शान्ति, विश्व शान्ति, सामुहिक चौसारी पुजा, र लाख लक्ष्यवर्ती द्धिप प्रजनन, सामुहिक कालसर्प योग शान्ति, पितृ मोक्क्ष १००८ शालिग्रामको परिक्रमा समेत गर्न पाईने भएको छ ।

यस पुर्व यज्ञ स्थलबाट गगनगौडा हुदै सेती नदिबाट सुद्ध जल सहितको कलश यात्रा सैनिक वस्ती,खुदी हुदै पुन यज्ञ स्थलमा आई समापन गरिएको थियो ।

More News last news
Loading...