काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । केही दिन स्थिर रहेको सुनको भाउ बुधबार एकैचोटी तोलामा ५ सय रुपैयाँ बढेको हो ।
सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी पनि बुधबार पाँच रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
