निशा चेपाङ १८ बर्षमा टेकिन । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे। उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर बसेका छन्।
१३ बर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग विवहा भएको थियो। बाबुआमाले मन्जुरीमै मागी विवाह गरिदिएका थिए ।
निशासँग अहिले ९ महिनादेखि चार बर्षसम्मका एक छोरा र दुई छोरी छन् । घरायसी उत्पादनले तीन महिना खान नपुग्ने उनलाई छोराछोरी हुर्काउन र पेट भर्न हम्मे छ ।
राक्सिराङ गाउँपालिकाको काँकडाका २१ बर्षीया रमिला चेपाङले पति आईतरामको दबाबमा अदालतबाट सम्बन्धविच्छेद गरिन् ।
५ वटा छोराछोरीकी आमा रमिलासँग आईतरामले एक बर्षअघि देखि सम्बन्ध तोड्न चाहेका थिए । तर उनले मानेकी थिईनन् रमिलालाई दबाद दिएर उनले अदालतबाटै सम्बन्धविच्छेद गर्न सफल भए । आजको कान्तिपुरमा खबर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
