सुनाखरी मगर
मलेसिया । उपचारको क्रममा मलेसियामा एक नेपालीको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको आइतबार मृत्यु भएको हो। २० गते बिहान ओछ्यानबाट उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो।
प्रकाशका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशको शरीरको एक भाग नचल्ने भएको थियो।
प्रकाश मलेसियाको जोहरबारुस्थित जिआरसी एसडिएन बिएचडी कम्पनीमा काम गर्नुहुन्थ्यो।
उहाँको तीन वर्षे करार अवधि सकिन एक महिना मात्रै बाँकी थियो । त्यसैले घर फर्किने तयारी गरिरहनुभएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
