काठमाडौँ : भगवती युबा क्लब गोकर्णेश्वरको १२ औं बार्षिक उत्सब सम्पन्न

जोरपाटी । भगवती युबा क्लबको १२ औं बार्षिक उत्सबको अबसरमा आयोजना भएको राष्ट्रिय जुनियर कराते प्रतियोगितामा ६ स्वर्ण ३ रजत,४ कास्य पदक सहित टिम प्रथम भएको छ ।

४ स्वर्ण ५ रजत र ७ कास्य पदक सहित शान्ती आदर्श स्कुल टिम दोश्रो र ४ स्वर्ण २ कास्य पदक सहित बाल बाटिका स्कुल टिम तेस्रो हुन सफल भएको छ। २ दिन सम्म चलेको प्रतियोगितामा उपत्यका र बाहिरी जिल्लाका गरि २० वटा स्कुल र डोजोका ३ सय जना खेलाडीहरुले सहभागीता जनाएको आयोजक भगवती युबा क्लबका अध्यक्ष शिव कारन्जितले जानकारी दिनु भयो।

Advertisement

प्रतियोगिताको उदघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गर्नु भएको थियो भने समापन समारोहको प्रमुख अतिथि काठमाडौ जिल्ला क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईको आतिथ्यमा सम्पन्न भएको थियो।

त्यसै क्रममा देशमा स्थायी सरकार बनेको र यसले खेल र खेलाडीको भबिष्य सुनिश्चित गर्ने र आफ्नो स्थान बाट सकेको सहयोग गर्न सधै तयार रहेको कुरा बताउनु भयो।

 

More News last news
Loading...