ग्रामीण आईडलको अडिशन राउण्ड सम्पन्न भएको छ । तारकेश्वर ग्रामीण विद्यार्थी समाजको आयोजनामा सञ्चालन भएको सो आईडल प्रतियोगिता ग्रामीण आर्दश बहुमुखी क्याम्पस तारकेश्वर–११, नेपालटारमा सञ्चालन भईरहेको छ ।
आज एक भव्य कार्यक्रमका बीच सो प्रतियोगिताको अडिशन राउण्ड सम्पन्न भएको हो । अडिशन राउण्डमा ग्रामीण आर्दश बहुमुखी क्याम्पसका ३५ जना विद्यार्थीहरुको सहभागीता रहेकोमा २० जना छनौट भएका छन् ।
सो आईडल प्रतियोगितामा गायक मदन थापा संगीतकारद्धोय मुकेश शाही र अजय लामा जजका रुपमा रहेका छन् । सो प्रतियोगिता ४ चरणमा सम्पन्न हुने आयोजक समतिीले बताएको छ ।
कार्यक्रममा आफनो भनाई राख्दै आयोजक प्रमुख मातृका प्रसाद उपाध्यायले ग्रामीण आईडल प्रतियोगिताले ग्रामीण आर्दशमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा पहिचान हुनुका साथै नेपाली कला, सास्कृतिकको संरक्षण गर्नमा सहयोग पुग्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
