तारकेश्वर । बासुकी नागटोल सुधार समितिका अध्यक्ष हरि प्रसाद पाठकले साङले खोला करिडोर कहिले बन्छ ? भन्ने प्रश्न गरेका छन्।
बासुकी नागटोल सुधार समितिद्धारा आयोजित सिसिटिभी जडान तथा जेष्ठ नागरिक सम्मानका साथै नजिकीदै गरेको नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा टोल बस्तीका सडक मात्र बनाएर समग्र विकास भएको मान्न सकिदैन, बासुकी नाग टोलसाग जोडिएको साङले खोला करिडोर छिटो बनाउँनुप¥यो भन्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदा प्रधान, क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र तारकेश्वर-९ का वडा अध्यक्ष बलराम सिटौलालाई लक्षित गर्दै साङले खोला करिडोर कहिले बन्छ ? भनी अध्यक्ष पाठकले प्रश्न गरेका हुन्।

उनले टोलको विकासको बारेमा टोलबासीले निर्वाह गरेको सकरात्मक भूमिकाको बारेमा प्रशंसा गर्दै भने, हामीले गत सालको देउसी भैलो कार्यक्रमबाट टोलमा सुरक्षा साईन जडान ग¥यौ, यसले टोलमा हुने चोकीका घटनाहरुलाई नियन्त्रण गर्न सहयोग गरेको छ। अहिले हामीले सिसिटिभी जडानको कार्य समपन्न गरेका छौ। यसले हाम्रो टोलमा शान्ति सुरक्षा कायम गर्नमा सहयोग गर्ने विश्वास रहेको उनले बताए। यतै गरि कार्यक्रममा टोल अन्र्तगत रहेका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो।

तारकेश्वर-९, स्थित रहेको बासुकी नाग टोल नगरपालिकाकै नमूना टोलको रुपमा रहेको छ । तारकेश्वर नगरपालिकको ५०/५० प्रतिशतको लगानीमा विकास निर्माणको कार्य कार्यन्वयन गर्ने पहिलो टोल विकास संस्थाको रुपमा रहेको सो बासुकी नाग टोलका स्थानीयहरु विकास प्रेमीका रुपमा रहेको कुरा यहाँको विकासले नै देखाईसकेको कार्यक्रमका विशेष अतिथि एवं क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौलाले बताए।
तारकेशवर नगरपालिकाको वडा नं ९ स्थित रहेको बासुकी नाग टोल २ वर्ष अगाडी कुनै दुर्गम स्थानको टोल बस्ती झै देखिन्थ्यो। आज पनि अन्य टोलबाट सो स्थानमा जादाँ सडकहरुको अवस्था विजोग नै छ। जब बासुकी नाग टोलमा पुगिन्छ, अनि ढलानका साथ सफा सडक देख्न सकिन्छ। यो विकासको कार्यले टोलका स्थानीयहरुको सामूहिक एवं सार्वजनिक काममा निर्वाह गरेको सकरात्मक भूमिका हो भन्दा फरक नपर्ला।

टोलबासीकै प्रत्यक्ष सहभागीताका साथ लगानीमा सडक ढलान, सुरक्षा साईन जडान, सिसिटिभी जडान, सो टोल सम्म पुग्नको लागि सार्वजनिक यातायात समेतको व्यवस्था गरिएको छ। यस्तै गरि सो टोलमा २ वटा शैक्षिक संस्था रहेका छन्। बासुकी नागको मन्दिर समेत निर्माणधीन अवस्थामा छ। यसैले सम्पूर्ण आवश्यक भौतिक सुविधाका निर्माण कार्यहरु क्रमिक रुपमा अगाडी बढाउँदै लगेको र यसको लागि नगरपालिकाले आवश्यक सहयोग गर्नका लागि टोलका अध्यक्ष पाठकले आग्रह गरे।
कार्यक्रममा सिसिटिभी उत्घाटन,टोलका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान, टोलको क्यालेण्डर विमोचन नजिकीदै गरेको नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान गरिएको हो। बासुकी नाग टोलको सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदा प्रधान, क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, तारकेश्वर-९ का वडा अध्यक्ष बलराम सिटौला, तारकेश्वर-९ कावडा सदस्यहरु सानूकान्छा मर्हजन, श्रीकाजी मर्हजन, लक्ष्मी अधिकार, संगिता रम्तेल, वाग्मती सभ्यताका सदस्य ईन्द्रमान मर्हजन, छिमेकी टोल सुधार समितिका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकारका साथै टोलबासीहरुको बाक्लो उपस्थिती रहेको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
