पाईलट पाउनै मुस्किल

काठमाडौँ । नेपालमा दोस्रो पुस्ताका पाईलट उत्पादन नहुँदा विमान ल्याए पनि उडाउने जनशक्ति अभाव टड्कारो बन्दै छ।

आगामी असारमा ल्याउन लागेको एयरबसको वाइड बडी विमानको उडान भर्न क्याप्टेन र कोपाईलटसहित कम्तीमा ३२ जना पाईलट आवश्यक पर्छ। यो जनशक्ति नेपालसँग छैन।

Advertisement

त्यसका लागि निमगले सुरुमा कम्तीमा १० जना विदेशी पाईलट ल्याउँदै छ, उनीहरुकै ईच्छाअनुसार मासिक २० लाख रुपैयासम्म तलब दिने सर्तमा यतिउति भन्ने छैन, नेगोसिएट गरेर १६ देखि २० हजार डलरसम्म मासिक तलब दिन्छौँ, महाप्रबन्धक सुगरत्न कंसाकारले भने, नेपालमा सञ्चालित २६ वटा विदेशी एयरलाईन्सकै पाईलटको हाराहारी तलब दिनैपर्छ।

नत्र हामी जहाज उडाउन सक्दैनौँ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

More News last news
Loading...