काठमाडौँ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ।
संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन। कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ।
कसको २ बर्ष, कसको ६ बर्ष भन्ने निक्र्योल भने गोलाप्रथाबाट गरिन्छ। संविधानले राष्ट्रिय सभालाई स्थायी सदनको मान्यता दिएको छ।
जसअन्सार यो सदन कहिल्यै रिक्त हुन्न। त्यही कारण सबै सदस्यको पदावधि एकैपटक नसकिने संवैधानिक व्यवस्था छ।
राष्ट्रिय सभामा जितेका ५६ र मनोनित ३ समेत ५९ जनामध्ये एक तिहाईको पदावधि २ बर्षमा सकिन्छ भने अर्को एक तिहाईको ४ बर्षमा।
बाँकी एक तिहाई सदस्य भने ६ बर्षसम्म पदमै रहन्छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
