बेलायती राजकुमार ह्यारीको बिहेमा २६ सयलाई निम्तो, सुरक्षामा मात्रै ४ अर्ब खर्च

बेलायती राजकुमार ह्यारीको बिहेमा २६ सयलाई निम्तो, सुरक्षामा मात्रै ४ अर्ब खर्चFacebook Twitter Google+  0लन्डन– बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग हुने विवाह समारोहको तयारी तीब्र पारिएको छ।

अमेरिकी महिला मेगान मार्कलसँग सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका राजकुमार ह्यारीको बिहे तय गत नोभेम्बरमा मात्रै तय भएको थियो । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो।

Advertisement

आगामी मे १९ तारिखमा विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ। वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ।

अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अनुमान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ। बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँभन्दा बढी) खर्च छ। सुरक्षा जाँच विमानस्थलसरह हुनेछ।

More News last news
Loading...