काठमाडौं । पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यवसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा गरिएको छ।
केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो।
विभागले अनुगमन तथा कारबाहीको कार्यलाई रोक्न सरकारलाई दबाब दिँदै आएका थिए।
व्यपारीकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्ततः विभागका महानिर्देशकलाई नै सरुवा गराएका छन्।
विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
