वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने।
अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
