ठमेलमा कारको कागजपत्र माग्दा ट्राफिक प्रहरीमाथि नै हातपात

काठमाडौं । काठमाडौं–२६, ठमेलमा आइतबार राति ड्यूटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

ठमेलको सातघुम्ती चोकमा प्रहरी जवान राहुलकुमार सिंहमाथि अश्लिल शब्द प्रयोग गरी धाकधम्की र हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरी पक्राउ परेका हुन्।

Advertisement

काठमाडौं प्रहरी परिसरका अनुसार तीब्र गतिमा आइरहेको बा १५ च ८९४४ नम्बरको निजी कार सवारी निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गरेपछि त्यसलाई पिछा गरेर सोधपुछ गर्दा उनीहरुले कागजात नदिइ उल्टै सार्वजनिक स्थानमा प्रहरीमाथि हातपात गरेका थिए।

मादक पदार्थ सेवन गरेका उनीहरुले प्रहरीलाई करेन्ट लगाऔं भन्दै सडक किनारमा लत्रिएको विजुलीको तारले प्रहरी जवानको शरीरमा घोचेका थिए। उनीहरुलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले पक्राउ गरेर सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...