श्रीमान जोगाउन सम्धीमाथि बलात्कार मुद्दाको प्रयास

वीरगन्ज । बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

उनका श्रीमान मन्सुरबाबु सिद्दकी आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी पत्नीलाई गत मंसिर १८ गते घरभित्रै बलात्कारको प्रयास गरेको मुद्दामा फरार छन् ।

सकीलाले बुहारीका बाबु बाराको बेल्दारी श्रीपुर घर भएका तैयब अन्सारीलाई बलात्कार मुद्दा लगाउने प्रयास गरेकी थिइन् । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो खबर छापिएको छ ।

महिला प्रहरीले अनुसन्धानको क्रममा केरकार गरेपछि सकीलाले आफूले सम्धी तैयबलाई झुटा आरोप लगाएको बयान दिएकी प्रहरी यपरीक्षक गणेश रेग्मीले बताए ।

More News last news
Loading...