आजदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं । कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला हुँदैछ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने मा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि संकलन गर्न लागिएको हो।

Advertisement

फारम आउँदो १७ गतेसम्म epsnepal.gov.np बाट अनलाइनमार्फत भर्न सकिने ईपीएस शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ।

अनलाइनबाटै फारम भर्न पाइने भएपछि रातभर लाइनमा बस्नुपर्ने झण्झट नरहने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा भने आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना प्रशिक्षार्थी कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।

More News last news
Loading...