मापदण्डविपरीत १० हजार सैनिक ब्यारेक

काठमाडौं । नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ।

भवन निर्माण सम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सोनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो।

Advertisement

भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ।

यसरी व्यवसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउनु कानुनको उल्लंघनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरु बताउँछन्।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे। आजको कारोबार दैनिकले खबर छापेको छ।

More News last news
Loading...