बलियो हुँदै वैद्य-विप्लव

काठमाडौं । नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन्। एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन्।

तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए। प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्यबाट अलग्गिएर चन्दले नेकपा माओवादी गठन गरेका थिए। वैद्य यथास्थितिवादी र जडसूत्रवादी आरोप लगाउँदै राष्ट्रिय नाचघरबाट चन्दले नयाँ पार्टी घोषणा गरेका थिए।

Advertisement

बहकाउमा लागेर क्रान्ति नहुने भन्दै वैद्यले विप्लवले केटाकेटीपन देखाएको बताएका थिए। वैद्य र चन्दबीच मात्र नभई एक वर्ष कार्यतकर्ता तहसम्म आरोप प्रत्यारोप चल्यो। तर पछिल्लो एक वर्षदेखि भने वैद्य–विप्लव एकताका लागि मिलनविन्दु खोज्न थालेका छन्। दुवै पार्टीले कार्यगत एकता र पार्टीका विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्दै आएका छन्।

क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै ध्रुवीकरण गर्दै जाने नेताहरूले बताउने गरेका छन्। माओवादी केन्द्रले एमालेसँग एकता गर्ने भएपछि वैद्यविप्लवले ऊसँगको सम्बन्द विच्छेद गरिसकेका छन्। एमाले र माओवादी केन्द्र विचार कार्यदिशा र सांगठनिक सबै दृष्टिकोणले कम्युनिष्ट नभएको दुवैको निष्कर्ष छ। दुईबीच पार्टी एकताका लागि छलफल भइरहेको त्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बताए। (नयाँ पत्रिका दैनिक)

More News last news
Loading...