काठमाडौँ । यूएस बंगला विमान दुर्घटनाका मृतकहरुको शव पोस्टमार्टमपछि शनिबार आफन्तलाई जिम्मा लगाइएको छ।
महाराजगन्जस्थित शिक्षण अस्पतालले दिएको जानकारी अनुसार १० नेपालीको शव पहिचानपछि आफन्तलाई बुझाएको हो। वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा, हरिशंकर पौडेल, अल्गिना बराललगायतको शव आफन्तले बुझेका छन्। शव बुझेपछि आफन्तहरु अन्तिम संस्कारतिर लागेका छन्।
विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनामध्ये १० नेपाली र १५ विदेशी नागरिकको मात्रै पहिचान भएको शिक्षण अस्पतालले जनाएको छ। बाँकी शव पहिचान गरेर आफन्तको जिम्मा लगाइने छ।
यूएस बंगला विमानमा अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो।
बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार बोकेको क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो। त्यसमा ३३ नेपाली, ३६ बंगलादेशी, एकरएक चिनियाँ र माल्दिभ्सका नागरिक थिए। घटनामा २२ जनाको उद्धार गरिएको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
