गोरखा । बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ।
सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन्।
जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन्।
कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए।
शिक्षक श्रेष्ठले भने, दोस्रो घण्टीको कक्षा चलिरहेको थियो। जानुका एक्कासी बिरामी भइन्। हामीले आमालाई बोलायौं। आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते। आमाले कपाल समाएर कुट्न थाल्नुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
