काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा भएको युएस बंगला एयरलाइन्सको विमानमा विदा मनाउन नेपाल आएका १९ मेडिकल कलेजका विद्यार्थी रहेको खुलासा भएको छ।
उनीहरु सबै बंगलादेशको सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिलमा अध्ययन एक मेडिकल कजेलमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी हुन्। उनीहरु एक महिले विदा मनाउन बंगलादेशबाट नेपाल प्रस्थान गरेको त्यही कलेजमा अध्ययनरत नेपाली विद्यार्थी आकृती कार्कीले ट्वीट मार्फत जानकारी दिएकी हुन्।
.jpg)
उनले १९ जना मध्ये १३ जना नेपाली विद्यार्थीको नाम पत्ता लगाउन सकेको भन्दै ट्वीट् मार्फत जानकारी दिएकी छिन्। उनले दुर्घटना ग्रस्त विमानमा सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी सवार रहेको उल्लेख गरेकी छिन्।
Any relevant information regarding these names would be highly appreciated. They are students of JRRMC, Bangladesh. #USBangla #USBanglaAirlines #kathmandu pic.twitter.com/PO10BqpBY6
— Aakriti Karki (@karki_aakriti) March 12, 2018
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
