जहाज दुर्घटनाग्रस्त क्षेत्र विमानस्थल पुगे गृहमन्त्री रामबहादुर थापा

फागुन । अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ।

घटना भएपछी त्यहाँको स्थिति बुझ्न गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुगेका छन्।

Advertisement

बिमान बंगलादेशको समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेको त्यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो।

अस्पताल लगिएका ४ जनाको मृत्यु भईसकेको जानकारी आएको छ । आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ।

घाइतेहरुमध्ये केहीलाई सिनामंगलको केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएको छ।

More News last news
Loading...