काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट १४ जनाको उद्दार गरिएको समाचार प्राप्त भएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ।
विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार थिए। अन्य यात्रुबारे जानकारी आउन बाँकी रहेको छ ।
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
