७१ जना सवार यूएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

Advertisement

विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार कार्य जारी छ । १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।

विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

More News last news
Loading...