न्युयोर्क । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन्। तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ।
उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ। तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन।
प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
