एजेन्सी । आकस्मिक निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको हिजो अन्तिम संस्कार गरिएको छ। उनको मृत्युपछि बलिउड क्षेत्र सोकमग्न बनेको छ।
यतिबेला सामाजिक सञ्जालमा श्रीदेवीका लागि उनकी छोरी जाह्रवी कपूरले लेखेको चिठी निकै भाइरल बनेको छ। उक्त चिठी केही वर्ष पहिले आमा श्रीदेवीका लागि लेखेकी थिइन्। जुन चिठी मंगलबार तन्मय चैतन्य नामको इन्स्टाग्राममा शेयर गरिएको हो।
तन्मयले उक्त चिठीसँगै लेखका छन्, केही वर्ष पहिले फेमिनाले श्रीदेवीको छोरीसँग आफ्नी आमाका लागि उक्त पत्र लेख्न लगाएकी थिइन्।

जाह्रवीले चिठीमा लेखेकी छिन्, तपाईँले मलाई गर्भगर्न लायक छोरी बनाउनु भएको छ। मैले पुरै दुनियाँमा सबै भन्दा बढी माया तपाईलाई गर्छु।
२० वर्षीया जाह्रवी श्रीदेवीकी जेठी छोरी हुन्। ६ जुलाईमा प्रदर्शन हुने चलचित्र धडकबाट उनले बलिउडमा डेब्यू गर्दै छिन्।
यस्तो छ श्रीदेवीलाई जाह्रवीले लेखेको चिठी …
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
