काठमाडौँ । सत्तारुढ वामगठबन्धन र संघीय समाजवादी फोरम, नेपाल संविधान संशोधन र सरकार विस्तारका विषयमा सहमति नजिक पुगेका छन।
विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको २ पक्षीय छलफलमा संविधान संशोधनका विषयमा लिखित सहमति गरेर अघि बढने र मन्त्रालय भागबन्डाका विषयमा आ-आफ्नै दलभित्र छलफल गरेर सहमतिमा पुग्ने निर्णय भएको हो।
कतिपय विषयलाई टुंगोमा पु¥याउनु अघि पार्टी भित्र पनि आन्तरिक छलफल गर्नेगरी वार्तालाई निरन्तरता दिने निर्णय गरिएको संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। सहअध्यक्ष श्रेष्ठका अनुसार २ दिन भित्र राजनीतिक सहमति गरी फोरम पनि सरकारमा सहभागी हुनेछ।
विहिबारको बैठकमा मन्त्रालय भागबण्डाको विषयले औपचारिकता पाएपनि फोरम, नेपालले त्यसमा पार्टी भित्र छलफल गर्नुपर्ने अडान राखेको थियो। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फोरम नेपाललाई एक मन्त्री र एक राज्यमन्त्री दिन तयार छन। तर फोरमले भने ३ वटा मन्त्रालयको दावी गरेपछि दुई पक्षबीचको सहमति लम्बिएको स्रोतको दावी छ।
प्रधानमन्त्री ओली प्रदेश नम्बर २ लाई पनि सन्तुलित ढंगले अघि बढाउन उपेन्द्र यादव नेतृत्वको फोरम, नेपाललाई सरकारमा सहभागी गराउन लागेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
