काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी र उनकी धर्मपत्नीले आज प्रधानमन्त्री निवास छिरेर केपी शर्मा ओलीलाई होली पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।
होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
