काठमाडौं । अभिनेतृ तथा निमात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन्।
हरेक बर्ष फागुपूर्णिमा आउने समयमा सबैजसो कलाकर्मीले पहिले नै यसपालिको फागु पनि करिश्माको घरमा मनाउने सोच बनाइसकेका हुन्छन्।
एक किसिमले भन्ने हो भने कलाकारको फागुको रमझम करिश्मा निवासमै हुने गर्छ। यस बर्ष पनि उनी अघिल्ला बर्षजस्तै फागु मनाउने तयारीमा छिन् र कलाकर्मीलाई निम्तो पनि गरिसकेकी छिन् ।
यसरी व्यक्तिगत रुपमा फागुपूर्णिमा मनाउँदा आर्थिक भार कत्तिको पर्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, जुन बेला लाजिम्पाटमा होली मनाइन्थ्यो त्यो बेला त पर्दैनथ्यो । तर, पछि गोदावरीमा थालेपछि सहभागीको संख्या पनि बढ्यो। योसँगै आर्थिक भार बढेपनि केही बर्षदेखि स्पोन्सरहरु आएका छन्। यसले गर्दा पनि सजिलो भएको छ। स्पोन्सर भएकाले धेरै आर्थिक भार पर्दैन। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
