काठमाडौं । भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्किएर १० जनाको ज्यान गएको छ । घटनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो । सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।
ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
