सभामुख महराको राजीनामा स्वीकृत, वेबसाइटबाट हटाइयो नाम

काठमाडौं । सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।

बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ।

Advertisement

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए। मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन्।

More News last news
Loading...