सतुङ्गलमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

थानकोटबाट कंलकी आउँदै गरेको बा२६ प  ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशातर्फ गइरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो।

Advertisement

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले मृत्यु हुनेमा जिल्ला चितवन रत्ननगर १६ का सुनिल अधिकारी रहेको बताए । घाइते हुनेमा  ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

दुर्घटनामा घाइते बाँनियाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ। ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...