सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई नेकपाको सुझाव

काठमाडौं । सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको छ ।

महरा माथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

Advertisement

यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको जनाएको छ ।

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता हुन् ।

More News last news
Loading...