एकै पटक चार सन्तान जन्मिनुका कारण यस्ता छन्

डिम्बाशयबाट निस्कने अण्डा फुटाउन औषधीको प्रयोग गर्दा कैलालीकी खगित्रा शाहीले एकै पटक चार सन्तानलाई जन्म दिएको चिकित्सकहरूले बताएका छन्।

काठमाण्डू मेडिकल कलेजकि स्त्रीरोग विशेषज्ञ उर्मीला कार्कीका अनुसार लामो समयसम्म गर्भ नरहेपछि शाहीले अण्डा फुटाउने औषधी प्रयोग गरेकाले अपेक्षा भन्दा धेरै भ्रूणको विकास भएको हो।

Advertisement

तर उक्त दम्पत्तीले चार शिशुको भ्रूण भएको थाहा पाउँदा निकै ढिलाइ भइसकेको उनले बताइन्। आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ती शिशुमा तीन छोरा र एक छोरी छन्।

‘टेस्टट्युब बेबी’ प्रविधिमा यो नौलो नभए पनि सामान्य तरिकाबाटै बस्ने गर्भ ‘दुर्लभ’ भएको चिकित्सकले बताए।

तर चार सन्तानका बुवा बनेका पदमबहादुर शाही खुसीसँगै आर्थिक अभावले तनाव पनि थपिएको बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडियो

More News last news
Loading...