एनआरएन राज्य परिषद यूकेको उपाध्यक्षमा एलबिजेड गुरुङ भारी मतले बिजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) इङल्याण्ड राज्य परिषद, बेलायतको उपाध्यक्षमा लालबहादुर गुरूङ (एलबिजेड) बिजयी भएका छन् ।

हालसालै सम्पन्न मतपरिणाम अनुसार गुरुङ ३ हजार ३ सय ६७ मतसहित बिजयी भए । उनका निकतम प्रतिद्धन्द्धी शंशाक पौडेलले २ हजार १ सय ६४ मत प्राप्त गरे । एलबिजेडले प्रतिस्पर्धी शंशाक पौडेलले १ हजार ४ सय ७३ मतले पराजीत गरे । गुरुङले एनआरएन युकेलाई व्यबस्थित बनाउन, संस्था र युवाको हक हितका लागि आफूले उम्मेद्वारी दिएको बताएका थिए ।

Advertisement

टिडवर्थ नेपाली कम्युनिष्टका निवर्तमान अध्यक्ष र गैरआवासीय नेपाली संघ युकेको युवा संयोजको जिम्मेवारी सम्हालिसकेका गुरुङले आफूलाई यो बिजयीको नतिजाले थप जिम्मेवारी थपिएको बताए । गुरुङले एनआरएनको राजमार्गलाई अझ वृहद र सिर्जनशील बनाउने अभियानमा साथ दिन अपिल समेत गरेका छन् । एनआरएनए यूकेको गत निर्वाचनमा अत्याधिक मतसहित युवा संयोजकमा विजयी भएका गुरुङलाई बेलायतमा थुप्रै नेपाली सांस्कृतिक कार्यक्रम र नेपाली फिल्महरुको प्रदर्शनी उनले आयोजना गर्दै आएका छन् । 

चुनावी परिणाम सार्वजनिक भईरहँदा एलबिजेड गुरुङ यतिबेला बिशेष कार्यक्रममा जापानमा नै रहेका छन् । उनले नयाँपुस्ता सँगको कुराकानीमा भने,‘मलाई बिजयी गराउन लाग्नुभएका सम्पूर्णमा धन्यबाद दिन चाहान्छु, मैले पहिले पनि बारम्बार भनेको थिएँ । मै राम्रो, मै सर्वश्रेष्ठ होइन । तर, मसँग काम गर्ने ईच्छाशक्ति छ र यत्तिको मान्छेले संस्थालाई न्याय गर्न सक्छ भन्ने महसुस गर्नुभएका कृपया मत दिनुहोस् । म तपाईंहरुको मतलाई अन्याय हुन दिन्न ।’

उनले थपे,‘ आज तपाईंहरुले विश्वास गरेर मलाई जिताउनुभएको छ । म प्रतिवद्धता गर्न चाहन्छु, कहिल्यै व्यक्तिगत स्वार्थमा दौडने छैन । कहिले तपाईंहरुले दिएको अभिमत अपमान गर्ने छैन । मेरो ऐजेन्डा साझा एजेन्डा हुने छ । महिले चुनाव जित्दा झ्याप्पै परिवर्तन भइहाल्छ भन्ने म ठान्दिन तर राम्रो र संस्थाको गरिमा बढाउने गरी प्रयत्न गरिरहने छु । आज पनि फेरि बाचा गर्न चाहन्छु । फेरि एक पटक मलाईै माया, सद्भाव र मार्गदर्शन गर्नुहुने, शुभेच्छा र सहयोग गर्नुहुने अनि सदैव बाटो देखाउनुहुने सबैप्रति नतमस्तक छु । सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

More News last news
Loading...