काठमाडौंका घरधनीलाई नयाँ नियम

काठमाडौँ । काठमाडौं उपत्यकामा घर भएर दशैंका बेला पुर्ख्यौली घर जाने व्यक्तिले घर छाडेर जानेबेला प्रहरीलाई खबर गर्नुपर्ने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैं, तिहार तथा छठ पर्वका लागि तयार पारेको सुरक्षा योजनामा दशैंका बेला काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।

Advertisement

दशैं, तिहार तथा छठ मनाउनका लागि काठमाडौंको घर छाडेर पुर्ख्यौली घर जाँदा घरमा चोरी लगायतका घटना हुने भएकाले सबै घरधनीहरुले आफूहरुलाई घर छाडेर गएको जानकारी दिन प्रहरीको अनुरोध छ।

साथै, घरमा काम गर्ने कामदार र सुरक्षाका लागि खटाइएका व्यक्ति (सुरक्षा गार्ड)बारे पनि प्रहरीलाई जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

दशैं, तिहार र छठ पर्वका बेला प्रहरीका लागि काठमाडौं प्रहरीले छुट्टै सुरक्षा योजना लागू गर्ने भएको छ। उक्त सुरक्षा योजनाअन्तर्गत नियमितभन्दा २५ प्रतिशत बढी प्रहरी जनशक्ति परिचालन हुनेछन्।

More News last news
Loading...