काठमाडौँ । शिवसेना नेपाल का अध्यक्ष अनिल बस्नेतले प्रहरी हिरासतबाटै रगत बगाएर निर्माण गरेको मुलुकको धर्म धरामपमा पार्नेहरुलाई धार्मिक अनुष्ठानमा निषेध गर्नुपर्ने सन्देश पठाएका छन्।
केही दिन अघि पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष बस्नेत अहिलेसम्म पनि छुटेका छैनन् । शिव सेना पाटीईले बिगत लामो समयदेखि राजासहितको हिन्दू राष्ट्रको माग गर्दै आएको छ।
अध्यक्ष बस्नेतको सन्देश
पूर्खाहरुले रगत बगाएर निर्माण गरेको यस मुलुकको रक्षा, धर्म संस्कृतिको रक्षा र होली वाइन पिएर, पैसामा धर्म बेचेर यो देशको बागडोर सम्हाल्न पुगेकाहरुलाई धार्मिक अनुष्ठानमा निषेध गर्नुपर्ने बाध्यकारी अवस्था आएको छ । यस्तो अवस्थामा कसै न कसैले जिम्मेवारी आफ्नो काँधमा लिनै पर्ने आवश्यकता थियो । मातृभूमिको माग, तीन करोड नेपाली जनताको चाहना, राष्ट्रको रक्षार्थ शिव सेनाले निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहेको छ ।
विदेशीको खाएर, विदेशीकै गीत गाउने केही तत्वहरुको इशारामा आज राष्ट्रवादी, देशप्रेमीहरुलाई झुठा मुद्दा लगाउने काम भइरहेको छ । आज जो यो देशको सत्तामा छन्, ती आवरणमा त नेपाली हुन् तर यिनले सदा विदेशीको भक्ति गर्छन्, उनीहरुकै धर्मसंस्कृतिको पक्षपोषण गर्छन्, नेपाल र नेपालीको भन्दा अरु नै कसको हितका लागि काम गर्छन् । यस्ता तत्वहरुलाई नेपाली जनताले चिनिरहेका छन् । उनीहरुको वास्तविक अनुहार उदांगो भइरहेको छ।
मसहित यो देशलाई माया गर्ने धेरै युवाहरु अहिले प्रहरी हिरासतमा छौं । हाम्रो यो त्याग खेर जाने छैन । यो देशलाई साँच्चै माया गर्नेहरु एक दिन यो देशको शासन सत्तामा अवश्य पुग्ने छन् ।
तर हिरासतमा रहँदा देखिएका केही दृश्यले देशको स्थिति कहालीलाग्दो रहेछ भन्ने स्पष्ट भएको छ । हिरासतमा रहेका ८० प्रतिशत युवाहरु लागूऔषधका कारण यहाँ छन् । लाखौं युवा खाडीमा छन् । देशमा रहेकाहरुलाई कुलतमा फसाइएको छ । बाँकीलाई रोजगारी नदिएर ‘फ्रस्टेट’ हुने वातावरण सिर्जना गरिएको छ । नेपाली चेलीहरु अफ्रिकामा बेचिएका छन् । बालबालिकाहरुले पढ्न पाएका छैनन भने जनता आक्रान्त बनेका छ्न।
यस्तो स्थिति आफैं बनेको होइन, बनाइएको हो । सत्तामा बस्नेहरुले नै देशप्रति वितृष्णा उत्पन्न गराउने र यो देशको कहिले पनि भलो हुँदैन भन्ने पारेर देश अरु नै कसैलाई बेच्ने व्यवस्थित योजना हो भन्ने मैले महशुस गरेको छु् ।
यसकारण म सम्पूर्ण नेपाली जनतामा आह्वान गर्न चाहन्छु कि यिनै तत्वको हातमा देश रहने हो भने न यो देश रहनेछ छ न हाम्रा सन्ततिको भविष्य । हाम्रो भविष्य त यसै पनि यिनै नेता र राजनीतिक दलका कारण चौपट भयो ।
अब हाम्रा सन्ततिको उज्वल भविष्य र देशको रक्षाका लागि गाइको आवरणमा बसेका ब्वाँसाहरुबाट सचेत हुँदै आन्दोलनमा सहभागि हुने हार्दिक अपिल गर्दछु ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
