काठमाडौँ । प्रदेश नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयूक्त)ले आगामी कार्तिक २८ गते देखि साताव्यापी रथयात्रा प्रारम्भ गर्ने भएको छ। जनकपुरको जानकी मन्दिरबाट सुरुवात हुने रथ यात्रा बुद्ध भुमि लुम्बिनीमा समापन हुने भएको छ।
सनातन हिन्दू धर्म संरक्षण तथा सनातन हिन्दू राष्ट्र स्थापित गर्नका लागि रथ यात्रा प्रारम्भ हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयूक्तका केन्द्रिय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संघठन संयुक्तका केन्द्रिय अध्यक्ष फणि राज लोहनी (राजु)ले हामीलाई बताए। सो यात्रामा राप्रपा संयुक्तका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणा लगायत पार्टीका अधिकांस नेताहरु सहभागी बन्ने छन्।
सो यात्रामा दैनिक १० हजारभन्दा बढी व्यक्तिहरु सहभागी बन्ने अपेक्षा आयोजकको छ। सो यात्रालाई सफल बनाउन सनातन हिन्दू धर्म जागरणले विभिन्न व्यक्तिहरुसँग पनि छलफल गरिरहेको छ। यही क्रममा जनकपुरमा प्रदेशस्तरीय बैठक बसेको हो। सनातन हिन्दू धर्म जागरणका संयोजक रामचन्द्र रायको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो।
उक्त तयारी भेला लाइ पार्टीका उच्च कार्य सम्पादन सदस्य तथा पार्टीका सचिवालय प्रमुख धुर्ब्र बहादुर प्रधान, उच्च कार्य सम्पादन सदस्य तथा केन्द्रीय आर्थिक कमिटीका प्रमुख श्याम तिमिल्सिना, उच्च कार्य सम्पादन सदस्य रामप्रसाद शाह भोला, उच्च कार्य सम्पादन सदस्य भरत गिरी एवम् महिला संघकी प्रमुख तथा पार्टी केन्द्रिय सदस्य विजय कला राई लगायतले सम्बोधन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
