काठमाडौँको स्वयम्भुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा युवकको ज्यान गयो

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो।

Advertisement

बसका चालक तारकेश्वर–४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मुद्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले बताएका छन्।

मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...