काठमाडौँ । गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को प्रसारण हिमालय टीभी एचडीमा भइरहेको छ।
यसपटकको सिजनमा दुईजना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।
साऊन ३१ बाट प्रशारणमा आएको यस शो ले शनिबार १० औँ एपिसोड प्रशारण गर्यो।
यो एपिसोडमा प्रहरी निरीक्षक पृथ्वी खनाल प्रतिस्पर्धी बनेर पुगे। उनले पनि दमदार प्रस्तुती दिए। उनको प्रस्तुतीपछि दुई जना कोचलाई बज गर्न सफल बने। उनी कोच दीप श्रेष्ठको टिममा पुगे।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
