पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेको सुनुवाई २६ गते

काठमाडौँ । उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भदौ २६ गते सुनुवाई हुुने जनाएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो।

Advertisement

उक्त रिट माथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए। यो विषयमा भदौ २६ गते सुनुवाई हुने उनले बताए। यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका थिए। लामिछाने र कँडेलको निवेदनमा भएको सुनुवाइमा जिल्ला अदालत चितवनसँग भएको मुद्दासँग सम्वन्धित सक्कल मिसिल कागजात मगाउन उच्च अदालत पाटन हेटौंडा इजलासले भदौ १८ गते निर्देशन दिएको थियो।

More News last news
Loading...