काठमाडौँको सुकेधारामा मोटरसाइकल आएका व्यक्ति सुनको सिक्री लुटेर फरार

काठमाडौँ । काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ।

बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ।

Advertisement

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

More News last news
Loading...