यी ५ उपायको प्रयोग गर्नुहोस्, दुर्भाग्यलाई सौभाग्यमा परिवर्तन हुनुहोस्

काठमाडौँ । अंधिकाश मानिसहरु खुसी र सुखी जीवन बिताउनको लागी विविध धर्मको पालना गर्ने गर्दछन् । शास्त्रमा धर्म गर्ने व्यक्तिको जीवनमा सुख, समृद्धी, खुसी हुने कुरा समेत उल्लेख गरिएको छ । धेरै मानिसहरु धर्म गर्ने भन्दै विभिन्न मठ, मन्दिर गएर पूजाआर्जा गर्ने र घरमा पनि देवी देवताको मुर्ति राखेर पूजा गर्ने गर्दछन् । विधिपूर्वक चोखो भई पूजाआर्जा गरेमा भगवान प्रसन्न हुने विश्वास रहदै आएको छ ।

शास्त्रमा उल्लेख गरिएअनुसार पूजाआर्जा भन्दा पनि आफ्नो दैनिकी काम र क्रियाकलापलाई महत्व दिनु आवश्यक हुने बारे बताइएको छ । धर्म भनेको पूजाआजा मात्र नभई दिन दुःखी गरिबलाई दान, सेवन गर्ने र सबैलाई समान किसिमको व्यवहार पनि धर्म नै हो । धर्मले दुभाग्यलाई सौभाग्यमा बदल्ने गर्दछ । आज हामी दुभाग्यलाई सौभाग्यमा कसरी बदल्ने भन्ने विषयमा विशेष जानकारी दिदैछौं । यो जानकारीलाई तपाईले पालना गर्नुभएमा तपाईको जीवनमा सकारात्मक परिवर्तन आउने गर्दछ ।

Advertisement

१‍‍‍‍. धेरै व्यक्तिहरुले आफ्नो काम पूर्ण रुपमा गर्न सकेका हुदैनन् । काम पूर्ण नसक्दा तनाव सिर्जना भई मानिसको स्वास्थ्यमा समेत समस्या देखापर्दछ । काम पुर्ण रुपमा हुन नसकेको अवस्थामा तामाको भाँडोमा पानी भरेर राती आफू सुत्ने स्थानमा राख्नुहोस् र बिहान उठेर सात पटक शिरदेखि चोख्याएमा बाधा अड्चत हटेर बन्न नसकेको काम पूर्ण रुपमा पूरा हुदै जान्छ ।

२. कडा मेहनत र परिश्रम गर्दागदै पनि धेरैको काममा असफलता हात पर्ने गर्दछ । यदि तपाईले धन सञ्चित गर्न सक्नुभएको छैन् भने त्यस्तो स्थितीमा गाईलाई वा लक्ष्मी मातालाई विधीपूर्वक सजावट गरी पूजाआर्जा गरेर विभिन्न शुद्ध फलफूल, परिकार चढाउनाले लक्ष्मीमाता प्रसन्न भई घरमा प्रवेश गर्ने कारण धनको कमी हुदैन् ।

३.जीवनमा सफलता पाइरहुन भएको छैन् भने मगंबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने अनि यसलाई प्रसादको रुपमा सबैलाई बाडेर आफूले पनि खाएमा भाग्य खुलेर जीवनमा निकै ठुलो सफलता पाइन्छ ।

४.आफूले सोचेर बनाएको योजना पूर्ण नभएका व्यक्तिले इष्ट देवताको पूजा नियमित रुपमा गर्ने गरेमा भगवानको कृपा मिलेर आफूले सोचेको काम पूर्ण रुपमा पुरा हुुनेछ ।

५. दुख कष्टमा परेकाले बिहान छिट्टै उठेर सूर्य देवतालाई तामाको भाडोको जल अपर्ण गरेमा दुःख कष्ट नाश भई जीवन सहज रुपमा निवार्ह गर्न सकिनेछ ।

More News last news
Loading...